दक्षिणी लेबनानमा गर्यो इजरायलले हवाई आक्रमण

जेठ ६ काठमाडौं।

लेबनानमा इजरायलले आक्रमण गरेको छ।

इजरायलको हवाई आक्रमण बाट दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु भएको जनाएको छ।

डेइर कानौन शहरमा तीन बालबालिका र तीन महिलासहित १० जना एकैठाउँ मारिएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस बाहेक नाबाटिएह र टायर जिल्लामा पनि भएका आक्रमण बाट थप ९ जनाको मृत्यु भएको र २९ जना घाइते भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो घटना अमेरिकाले लेबनान र इजरायलबीच युद्धविराम ४५ दिनका लागि थप गर्न सहमति भएको घोषणा गरेको १ साता पनि नपुग्दै आक्रमण भएको हो।

युद्धविराम कायम रहेको भनिए पनि इजरायल र हिजबुल्लाह बीच विशेषगरी दक्षिणी लेबनान क्षेत्रमा निरन्तर गोली हानाहान भइरहेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *