जेठ ५ काठमाडौं।
आज सेयर बजार नेप्से परिसूचक २७२४ अंक कायम भएको छ।
आज सेयर बजार परिसूचक नेप्से ६.५१ अंक घटेर २७२४ अंकमा कायम भएको हो। भने आज ३ अर्ब ८ करोडको कारोबार भएको छ।
निर्जीवन बीमा ०.५६ प्रतिशत, माइक्रोफाइनान्स ०.१२ प्रतिशत, विकास बैंक ०.७७ प्रतिशत र फाइनान्स ०.०७ प्रतिशत बढ्यो।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १४.२६ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको ६.४१ प्रतिशत र दरामखोला हाइड्रो इनर्जीको ३.६१ प्रतिशत मूल्य बढ्यो।
बैंकिङ ०.१० प्रतिशत, होटल तथा पर्यटन ०.५६ प्रतिशत, हाइड्रोपावर ०.५० प्रतिशत र लगानी ०.२२ प्रतिशत घट्यो।
जीवन बीमा ०.२२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६७ प्रतिशत तथा अन्य समूह ०.३९ प्रतिशत, सिटी होटलको मूल्य ६.८४ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ५.८२ प्रतिशत र झापा इनर्जीको ४.४३ प्रतिशत मूल्य घट्यो।
Post Views: 4