हिमाल आरोहण गर्ने विदेशी पर्यटकको संख्या वृद्धि

जेठ ५ काठमाडौँ।
हिमाल आरोहण गर्ने विदेशी पर्यटकको संख्या वृद्धि भएको छ।

यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ।

वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका १ हजार १८१ आरोहीले अनुमति लिएको पर्यटन विभागका जनाएको छ।

पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमको अनुसार सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिएका छन्।

हालसम्म सगरमाथा आरोहणका लागि ५५ देशका ४९४ आरोहीले अनुमति लिएको जनाएका छन्।

सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै १०९ चिनियाँ नागरिक, अमेरिकाको ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, नेपालका १२, ब्राजिलका १० जनाले अनुमति लिएको सूचना अधिकारी गौतमले बताएका छन्।

सगरमाथा बाहेक ल्होत्सेका लागि १४३, आमादब्लमका लागि १११, नुप्त्सेका लागि ५६, हिम्लुङका लागि ४६, कञ्चनजङ्घाका लागि ३६, धवलागिरिका लागि ३० जनाले अनुमति लिएको जनाएका छन्। यसबाहेक अन्य हिमाल आरोहणका लागि पनि अनुमति जारी भएको बताएका छन्।

पर्यटन विभागले ६ हजार ५०० मिटरभन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ।
५ हजार ८०० देखि ६ हजार ५०० सम्मका हिमाल आरोहणको अनुमति भने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले दिने गरेको छ।

विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत १ अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

विभागले सबैभन्दा बढी सगरमाथा बाट १ अर्ब ७ करोड ८६ लाख ९१ हजार ४७५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

त्यस बाहेक ल्होत्से बाट ६ करोड ३६ लाख २७ हजार ७००, आमादब्लम बाट १ करोड ६६ लाख ९ हजार २००, कञ्चनजङ्घा बाट १ करोड ६० लाख ८१ हजार ६५०, धवलागिरि प्रथम बाट १ करोड ३४ लाख ५४ हजार ५५०, अन्नपूर्ण प्रथम बाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *