रास्वपा संसदीय दलको बैठक बस्दै

वैशाख ३ काठमाडौं।
रास्वपा संसदीय दलको बैठक बस्दै छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित कार्यलयमा सुरु भएको जनाएको छ।

प्रतिनिधि सभा अन्तर्गत १० वटा र संयुक्त दुई वटा समितिका सभापतिको निर्वाचनका लागि संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्न बैठक सुरु भएको जनाएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा जारी बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची रहेको जनाएको छ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो।

सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *