संसदीय समितिको सभापतिमा मनोनयन दर्ता हुँदै

वैशाख ३ काठमाडौं ।
संसदीय समितिको सभापतिमा मनोनयन दर्ता हुँदै छ।

आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँने भएको छ।

आज दिउसो १ बजे देखि ४ बजे सम्म मनोनयन दर्ताको समय संघीय संसद सचिवालयले जनाएको छ।

मनोनयन दर्ताका लागि सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने जनाएको छ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छ। भने प्रतिनिधिसभा अन्तर्गत १० वटा, राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति र दुई वटा संयुक्त समिति रहेका छन्।

राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यस अघि नै भइसकेको छ।

प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी रहेको छ।

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एकजना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एकजना सदस्यको समर्थन सहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *