चालु आर्थि वर्षमा चार हजार बढी पर्यटकले गरे फोक्सुण्डो ताल भ्रमण

चैत २७ काठमाडौं।
चालु आर्थिक वर्षमा चार हजार बढी पर्यटकले शे–फोक्सुण्डो तालको भ्रमण गरेका छन्।

चालु आर्थिक वर्ष २०८२÷८३ को ११ महिनामा डोल्पाको फोक्सुण्डो ताल क्षेत्रमा ४ हजार ८८२ जना पर्यटकले भ्रमण गरेका हुन्।

हिमाली जिल्ला डोल्पाको फोक्सुण्डो ताल क्षेत्रमा चालु आर्थिक वर्ष २०८२÷८३ को ११ महिनामा झन्डै पाँच हजार पर्यटकले भ्रमण गरेका हुन्।

११ महिनाको अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्यटक गरी जम्मा ४ हजार ८८२ जना पर्यटकले फोक्सुण्डो पुगेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

यस अवधिमा पर्यटक प्रवेश शुल्क बाट मात्रै १९ लाख १३ हजार ७०० रुपैयाँ राजस्व संकलन भएको निकुञ्ज कार्यालयका प्रमुख नुरेन्द्र अर्यालले बताएका छन्।

शे–फोक्सुण्डो भ्रमण गर्ने पर्यटकहरुका लागि नेपाली पर्यटकका लागि प्रतिव्यक्ति १०० रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि १ हजार ५०० रुपैयाँ र अन्य विदेशी पर्यटकका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको निकुञ्ज कार्यालयले जनाएको छ।

फोक्सुण्डो क्षेत्रमा पर्यटकको संख्या पछिल्लो समय बढ्दो क्रममा रहेको छ। विशेषगरी यातायात पहुँचमा सुधार आउनु र प्रचार–प्रसार बढ्नुले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाएको सरोकारवालाहरू बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *