महानगरप्रहरीको अन्योलता

चैत २ काठमाडौं।

दिपेश सिंजाली मगर

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११(२) खण्ड (क) र दफा १०२(१) बमोजिम नगरपालिका तथा महानगरपालिकाले सभा मार्फत आवश्यक ऐन निर्माण गर्न सकिने प्राबधान छ l सोहीअनुसार वर्ष ७) ११ साउन २०८० मा काठमाडौं महानगरपालिकाद्वारा स्थानीय राजपत्रमा प्रकाशित भाग १ संवत २०८० सालको ऐन नं ५ बनेको देखिन्छ l उक्त ऐनको परिच्छेद १ को दफा १, २ को (घ) र (ञ) ले महानगर प्रहरीको परिभाषा र परिच्छेद २ को दफा ४ ले महानगरप्रहरी गठन गर्ने प्राबधान रहेको देखाउछ छ l भने परिच्छेद ३ को दफा ७ ले महानगर प्रहरीको काम कर्तव्य अधिकार र सोहि दफा ७ (ग) मा महानगरप्रहरीले “बजार तथा सवारी पार्किंग स्थलको रेखदेख र व्यवस्थापन गर्ने ” भनिएको छ l

नियमनुसार प्रहरी कर्मचारीले उपल्लो निकायको आदेश पालना गर्नु र सोहि अनुसार नियम पालना नगरेमा सवारी चालकलाई दण्डित स्वरूप आर्थिक जरिवाना गर्न वान्छनीयनै हुन्छ l यदि कुनै कसुर जघन्य अपराध बाहेक पहिलो चोटी भएमा माफी, चेतावनी दिने र पुनः दोहोरिएमा नियमानुसार कारवाही गरिने हाम्रो विधिशास्त्रीय मान्यता तथा परम्परा छ l तर आज का.म.न.पा. ३२ स्थित कोटेश्वरमा महानगरप्रहरी महिला एक तारावाला कर्मचारीले अनौठो दादागिरी देखाई, म केहि सामान किन्न भनि बाइक सडक पेटीमा पार्किंग गरेर हिंडे त्यहाँ नो पार्किंग मैले देखिन साँझको ५.३० बजेको थियो पछी महानगरप्रहरीले बाइक गाडीमा हाल्दैछ भन्ने सुन्ने बित्तिकै म गएँ मेरो बाइक डोर्याउदै रैछन मैले गाडीमा नहालिदीन अनुरोध गरें र गल्ति भएछ म जरिवाना तिर्छु भन्दा पनि ति कोटेश्वर क्षेत्र हेर्ने महिला महानगरप्रहरी अत्यन्त रुष्ट भए मेरो बिनय स्वीकार हुने कुरा भएन l

अन्तत बाइक बग्गीखाना लिन जानु पर्ने भो र म त्यहि गाडीमा चढेर गए l बग्गीखाना पुगेर त्यहाको कर्मचारी संग गुनासो गर्दा जरिवाना तिर्छु भन्दा तत्कालै छाडिने रैछ l काठमाडौंमा पार्किंग व्यवस्थापन ठुलो समस्या रहेको छ l

पर्याप्त पार्किंग गर्ने ठाउँ नहुदाँ ठाउँको ठाउँ रु १००० रुपैया चेट हुन्छन भने म जरिवाना तिर्छु हजुर भन्दा पनि बग्गीखानै पुर्याएर व्यवस्थापनको नाममा आम नागरिकलाई दुख दिने नियत त हैन ? सुशासनको अनुभूति गर्न पाउने भनेकै राज्यको तलब भत्ताबाट संचालित कर्मचारीबाट हो l राज्यले आमनागरिको हितअनुकुल ऐन नियम बनाउने, पालना गर्न लगाउने हो l नागारिकलाईनै दुख दिने नियत कसैलाई छुट छैन l

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *