उत्तरी चीनको एक कारखानामा विस्फोट

माघ ६ काठमाडौं।
उत्तरी चीनको एक कारखानामा विस्फोट भएको छ।

कारखानामा विस्फोट हुँदा ९ मृत्यु र ८४ जना घाइते भएका छन्।

स्थानीय उद्धारकर्ताहरुको अनुसार विस्फोटमा परी एक जना व्यक्ति अझै बेपत्ता रहेको जनाएको छ।

सिन्ह्वा समाचार एजेन्सीले जनाए अनुसार प्रारम्भिक रिपोर्टहरूले इनर मङ्गोलिया स्वायत्त क्षेत्रको बाओगाङ युनाइटेड स्टिल कारखानामा भएको विस्फोट ६५० घन मिटरको पानी र स्टीम ट्याङ्की बाट सुरु भएको देखाएको जनाएको छ।

सिन्ह्वा समचारको अनुसार यस अघिको विस्फोटमा घाइते भएका ८४ जनालाई उपचारका लागि अस्पताल लगिएको बताएको उल्लेख गरेको छ।

सामाजिक सञ्जालमा आएको फुटेजमा कारखानाको छत र भग्नावशेष, माथिको धुवाँ र घटनास्थलमा फायर इन्जिनहरू देखाइएको छ।

गत जुन महिनामा पनि मध्य चीनको हुनान प्रान्तको एक कारखानामा भएको विस्फोटमा ९ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *