निर्वाचन आयोगले गर्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त

पुस २० काठमाडौँ ।

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ।

आगमि निर्वाचनका लागि आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले ७७ जना जिल्ला मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको निर्वाच आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्।

७७ जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरिएको जनाएको छ।

माघ २ मा आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले निर्वाचनका कार्यक्रमहरू सञ्चालन गर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *