काँकरभिट्टा नाकाबाट तीन अर्ब बढी कृषिजन्य वस्तु निर्यात

कात्तिक १८ काठमाडौं।
काँकरभिट्टा नाका बाट तीन अर्ब बढी कृषिजन्य वस्तु निर्यात भएको छ।

काँकरभिट्टा बाट चालु आर्थिक वर्ष २०८२, ८३ को पहिलो त्रैमासिकमा ३ अर्ब ३६ करोड ७८ लाख ६० हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको जनाएको छ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय बाट चालु आर्थिक वर्ष ३ अर्ब ३६ करोड ७८ लाख ६० हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको हो।

निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसो लगायत रहेका छन्। उक्त तीन महिनामा सबैभन्दा धेरै अलैंची १ अर्ब ५१ करोड ८१ लाख, चिया रु ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख, अम्लिसो १९ करोड ५९ लाख मूल्यबराबरको निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताएका छन्।

कार्यालयको तथ्याङ्क अनुसार अदुवा ११ करोड ९० लाख, ताजा तरकारी ९ करोड ४७ लाख, जडीबुटी एक करोड २४ लाख, मसुरो दाल सात करोड ४१ लाख मूल्य बराबरको निर्यात कार्यालयले जनाएको छ।

सोही अवधिमा पूर्वी नाकाबाट रु.१ अर्ब ४५ करोड १३ लाख ६५ हजार मूल्यबराबरको कृषिजन्य मालवस्तु आयात भएको जनाएको छ।

आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दाना लगायत रहेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *