असार ६ काठमाडौं ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै सर्लाही नीर्वाचन क्षेत्र नं. १ का माननीय राम प्रसाद चौधारीले हामीहरु नालायक माननीयहरु भएका छौं भन्दै व्याङग्य गरेका छन्।
चौधरीले मन्त्रीहरु आफनै जिल्लामा मात्रै केन्द्रीत हुनु भो अब अरु जिल्लामा कसरी जानुहुन्छ भन्दै प्रशन समेत गरेका छन्।
मन्त्रीहरुलाई अब जिल्ला जिल्लामा जान समेत निषेध हुने तथा निर्वाचित गराएर पठाएका हामी माननीयहरुलाई कसरी गाँउ गाँउ जानु जस्तो नालयक माननीय बनाउनु भयो भन्दै गुनासो गरेका छन्।
विनियोजित बजेट माथिको छलफलमा बोल्दै र्सलाहि क्षेत्र नं. १ को पुल उद्घाटन नभई भत्कीन लागेको भन्दै भौतिक पूर्वधार मन्त्रीलाई ध्यानकर्षण गारएका छन्।
मधेस प्रदेश प्रति किन राज्य गम्भीर नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्। सरकारले नयाँ बजेट ३ करोड भन्दा कमको नराख्ने भने पनि पुरानो नै बजेट राखेको त्यो पनि २५ सय मात्र भन्दै आलोचना गरेका छन्।
मन्त्रीज्यू हरुलाई अब सर्लाहीमा प्रवेश निषेध हुने भन्दै मधेश प्रदेशलाई अपेक्षा गरेकोमा सरकारलाई धेरै धेरै धन्यवाद भन्दै व्याङग्य गरेका छन्।