असार ३ काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईविरुद्ध अदालत गएका छन्।
महानगरपालिकाका निलम्बित प्रहरी प्रमुख राजुनाथ पाण्डे आज अदालत गएका हुन्।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध पाण्डेले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले राजुनाथ पाण्डेलाई निलम्बन गरेका थिए।
उक्त निलम्बनविरुद्ध पाण्डेले उच्चमा रिट निवेदन दिएका हुन्। पाण्डेले दिएको निवेदन आजै दर्ता भएको जनाएको छ।अदालत स्रोतले दिएको जानकारी अनुसार, उनीहरूलाई भोलि छलफलका लागि बोलाइएको जनाएको छ।
Post Views: 37