जेठ २१ काठमाडौं ।
दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्युङ विजयी भएका छन्। राष्ट्रपति चुनावमा वामपन्थी झुकाव भएको लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया ९डीपीके० का नेता ली जे–म्युङ विजयी भएका हुन्।
जे–म्युङ सत्तारूढ पीपुल पावर पार्टी ९पीपीपी० का उम्मेदवार किम मून–सूलाई पराजित गर्दै विजयी भएका छन्।प्रारम्भिक मतगणनाका अनुसार लीले ४८.३१ प्रतिशत मत प्राप्त गर्दा किम ४२.९ प्रतिशतमा मात्र मत प्राप्त गरेका थिए।
यसपटकको राष्ट्रपति चुनावमा ७८.३ प्रतिशत मतदाताले मतदान गरेका थिए। चुनावमा ६ उम्मेदवार मैदानमा थिए, तर मुख्य प्रतिस्पर्धा डीपीके र पीपीपीबीच थियो।
पीपीपीका नेता तथा तत्कालीन राष्ट्रपति युन सुक–योललाई सैनिक शासन घोषणा गरेको आरोपमा पदबाट हटाइएको थियो। उनलाई स्थायी रूपमा पदबाट हटाए पछि कानुन अनुसार ६० दिनभित्र अनिवार्य चुनाव गर्नुपर्ने व्यवस्था अनुसार नयाँ निर्वाचन भएको हो।
यसपटकको चुनावमा कुनै महिला उम्मेदवार थिएनन्, सन् २०१२ मा चार महिला उम्मेदवार भएका थिए।
दक्षिण कोरियामा कुल ४.२४ करोड मतदाता छन्, जुन देशको ८२प्रतिशत जनसंख्या हो। तिनीहरूमध्ये ५०.५प्रतिशत महिला छन्।