वैशाख १७ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६४२ अंक कायम भएको छ। बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ।आज ९ अर्ब ३७ करोडको कारोबार भएको छ।
बैंकिङ ०.७०, विकास बैंक १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ तथा अन्य १.१६ प्रतिशत घटे । हाइड्रोपावर ०.६१, माइक्रोफाइनान्स ०.०४, व्यापार ०.४० प्रतिशत बढ्यो।
समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत, विन नेपाल लघुवित्तको ८.७७, सिनर्जी पावरको ८.३६, मातृभूमि लघुवित्तको ७.३१, रिडी पावरको ७.२४ तथा हिमालयन पावर पार्टनरको ७ प्रतिशत मूल्य बढ्यो।
भूगोल इनर्जीको मूल्य १० प्रतिशत, कर्पोरेट डेभलपमेन्टको ५.७६, तारागाउँ रिजेन्सीको ३.७७ प्रतिशत घट्यो।
Post Views: 14