फागुन २८ काठमाडौं ।
अमेरिकाले युक्रेनलाई रोक्ने सैन्य सहायताको निर्णय फिर्ता लिएको छ। साउदी अरेबियाको जेड्डामा अमेरिका र युक्रेनको वार्ता पछि अमेरिकाले सो निर्णय गरेको हो।
युक्रेनले रूससँगको युद्ध ३० दिनका लागि रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव मान्ने भनेपछि अमेरिकाले रोकेको सैन्य सहायता र खुफिया सूचना फुकुवा गरेको जनाएको छ।
साउदीमा भएको वार्तामा युक्रेनले रूससँगको युद्ध ३० दिनका लागि रोक्ने अमेरिकी प्रस्ताव मान्ने भने पछि ट्रम्प सरकारले सहायता रोक्ने निर्णय फिर्ता गरेको हो।
युद्ध ३० दिनका लागि रोक्ने अमेरिकी प्रस्ताव रूसले पनि मानेपछि मात्रै कार्यान्वयन हुने भनेर अमेरिका र युक्रेन दुवैले वार्तापछि जानकारी दिएका छन्।
ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फेब्रुअरी १२ मा टेलिफोन संवाद गरेपछि युद्ध अन्त्य गर्न अमेरिका र रूसबीच साउदी अरेबियामा वार्ता हुने घोषणा गरेका थिए।
अमेरिकाले रूस र युक्रेनसँग छुट्टा–छुट्टै वार्ता गर्ने अपेक्षा गरिएको छ। दुवै देश राजी भएपछि बल्ल युद्ध रोक्ने शान्ति सम्झौता हुने छ।