फागुन १३ काठमाडौं ।
अत्यधिक चिसो बाट बच्न साइबेरियन चराहरु कतार आउन थालेका छन्। विभिन्न प्रजातिका साइबेरियन चराहरु चिसो छल्न कतार आउन थालेका हुन्।
किर्गिस्थान, साइबेरिया, जापान, उत्तरी चीन, मङ्गोलिया लगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि साइबेरियन चराहरु जाडो छल्नका लागि कतार, दुबई लगायत खाडि राष्ट्रको समुन्द्री किनारमा आउन थालेका हुन्।
दोहा कतारको कर्नेस र लुसेल एरियामा आगन्तुक चराको आगमन हुन थालेको हो पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण अन्य वर्षको तुलनामा यो वर्ष कतारमा आगन्तुक चरा आउने गरेका पाइन्छ।
बसाइसराइ गर्ने चरा आफ्नो गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि सूर्य तथा अन्य ताराको अवस्थिति, नदी, भौगोलिक शृङ्खला, चुम्बकीय दिशा आदिको सहारा लिने गर्छन्। चराले बसाइसराइको बेला प्रयोग गर्ने बाटोलाई उडान मार्ग (फ्लाई वे) भनिन्छ।