आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस

माघ २६ काठमाडौं ।
आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस पुगेको छ। नेपाल पुलिस क्लबले लगातार दुई खेल जित्दै २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो।

आज भएको पहिलो क्वाटरफाइनलमा विभागीय टिम पुलिसले आमन्त्रित ब्रिगेड ब्वाइज क्लबले युकेलाई २–० ले पराजित गरेको हो। खेलको २७औं मिनेटमा नेपाल पुलिस क्लबले पहिलो गोल गर्दै अग्रता लिएको थियो।

विवेक पाण्डेले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ४०औं मिनेटमा रामचन्द्र वाजीले गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाउदै टिमको जित सहज बनाएका थिए।

हारसँगै आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युके भने पहिलो खेलबाटै बाहिरिने भएको छ। पुलिसले अब पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी एफसी बीच विजेतासँग खेल्नेछ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *