युद्धविराम सम्झौता पछि इजरायली र प्यालेस्टिनी कैदी बन्धीक रिहा

माघ १३ काठमाडौं ।
युद्धविराम सम्झौता पछि इजरायली र प्यालेस्टिनी कैदी बन्धीको रिहा भएको छ।

प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास)ले कैदी आदानप्रदान कार्यक्रम अन्तर्गत चारजना इजरायली महिला बन्धकलाई रिहा गरेको छ।

एएफपीका एक संवाददाताको अनुसार बन्धकहरूलाई सुपुर्दगी गरिएको गाजाको एक चोकमा रेडक्रसका चारवटा गाडीमा इजरायलतर्फबाट करिब २०० प्यालेस्टिनीलाई ल्याई उनीहरू र चार इजरायली बन्धक महिलाको आदानप्रदान गरिएको जनाएको छ।

इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेबी र लिरी अल्बाग रहेका छन्।कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन्।

गाजामा हमाससँग भएको युद्धविराम सम्झौता अन्तर्गत इजरायली जेलमा आजीवन कारावासको सजाय काटिरहेका १२० सहित २०० प्यालेस्टिनी कैदीको बदलामा चारजना इजरायली बन्धक सैनिकलाई मुक्त गरिएको प्यालेस्टिनी स्रोतले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *