पुस १७ काठमाडौं ।
नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै आज बाट लागू हुने गरी पेट्रोल र डिजेलको नयाँ मूल्य तोकेको छ। पेट्रोल भाउ लिटरमा एक रूपैयाँ र डिजेल, मट्टीतेलमा दुई रूपैयाँ बढाएको जानकारी दिएको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीको आधारमा निगमले नयाँ मूल्य तोकेको जनाएको छ।पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा पेट्रोलको भाउ १६० रूपैयाँ ५० पैसा प्रतिलिटर, डिजेल–मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा पेट्रोलको भाउ १६२ रूपैयाँ प्रतिलिटर, डिजेल–मट्टीतेलको प्रतिलिटर १५२ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यस क्षेत्रमा पेट्रोलको भाउ १६३ रूपैयाँ प्रतिलिटर, डिजेल–मट्टीतेलको प्रतिलिटर १५३ रूपैयाँ पर्ने छ।