विवाह पञ्चमीलाई शान्तिपूर्ण बनाउ सुरक्षाकर्मी परिचालन हुने

मंसिर १२ काठमाडौं ।
जनकपुरधाममा विवाह पञ्चमीलाई शान्तिपूर्ण बनाउ २ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

यही मंसिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सव मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुँदै छ। सो विवाह पञ्चमीलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताएका छन्।

विवाह पञ्चमीमा सहभागी हुन आउने तीर्थयात्रीहरूको सुरक्षाका लागि नेपाल प्रहरीले एक हजार चार सय प्रहरी परिचालन गर्ने  भएको हो। चोरी, डकैती लगायत अपराध रोक्न तालिम प्राप्त सदा पोशाकका प्रहरी परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताएका छन्।

सिमानाबाट मेलासम्म शान्तिसुरक्षा, भन्सार सुरक्षासहितको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर मेलामा सात सय पाँच सशस्त्र प्रहरी परिचालन गर्नाका साथै अत्यधिक भीड हुने ठाउँमा ड्रोनको सहायताले सुरक्षा निगरानी गर्ने तयारी गरिएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिए।

मेलामा आउने सवारीसाधन तथा भीडलाई व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक सय ४० ट्राफिक प्रहरी परिचालन गर्ने र मेलामा आउने सवारीसाधन तथा हल्का सवारीसाधनको पार्किङस्थलको व्यवस्थापन गरिने ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले बताए।

भिभिआइपीका लागि विशेष मार्ग छुट्याउने तयारी गरिएको छ। भारतको अयोध्याबाट यसपटक पाँच सयको सङ्ख्यामा जन्ती आउन लागेका छन् भने पाँच वर्षको अन्तरालमा अयोध्याबाट जन्ती आउने परम्परा रहेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *