मंसिर ९ काठमाडौं ।
सरकारले सुनको भन्सार दर घटाएको छ।
मन्त्रिपरिषद्को निर्णय अनुसार सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारिएको हो। भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्ने आशंकासहित सरकारले भन्सार दर घटाएको हो।
यससँगै नयाँ दर कार्यान्वयनमा आएको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले जानकारी दिएका छन्। चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ।
भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको हो। सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पु¥याएको थियो।