इतिहासकै धनी व्यक्ति बने एलन मस्क

मंसिर ९ काठमाडौं ।
मानव इतिहासकै धनी व्यक्ति एलन मस्क बन्न सफल भएका छन्।

अहिले विश्वको सबैभन्दा धनी व्यक्ति अर्थात मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बन्न एलन मस्क सफल भएका हुन्।

टेस्ला, एक्स तथा स्पेस एक्स लगायत कम्पनीका मालिक एलन मस्क फोर्ब्सका अनुसार तीन खर्ब ३४ अर्ब ३० करोड कूल सम्पत्ति सहित मस्कले इतिहास रचेका हुन्।

अमेरिकी रुाष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयसँगै उनका कट्टर समर्थक तथा सहयोगी बनेका मस्कको विद्युतीय कार कम्पनी टेस्ला लगायतको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको हो।

फोर्ब्सका अनुसार नोभेम्बर २२ शुक्रबार बजार बन्द हुने बेलासम्म मस्कको कूल सम्पत्ति ३ खर्ब २१ अर्ब ७० करोड डलर पुगेको थियो। टेस्ला कम्पनीको शेयर मूल्यमा ३.८ प्रतिशतले वृद्धि भई साडे तिन वर्षयताकै उच्च अर्थात् प्रतिशेयर ३५२ डलर नाघेपछि मस्कको सम्पत्ति एकैदिन ७ अर्ब डलर बढेको हो।

विश्वका धनाढ्यको सूचीमा पहिलो स्थानमा पुनः उक्लिएका मस्कको सम्पत्ति अहिले दोस्रो स्थानमा रहेका ओरेकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनको भन्दा ८० अर्ब डलर धेरै छ।

मस्कको कूल सम्पत्तिमध्ये अधिकांश हिस्सा उनको १३ प्रतिशत शेयर रहेको टेस्ला कम्पनीबाट प्राप्त भएको हो।वालस्ट्रिट जर्नलका अनुसार आगामी ट्रम्प प्रशासनले टेस्लालगायतका कम्पनीलाई फाइदा पुग्नेगरी नीति अख्तियार गर्नेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एलन मस्कको निकट सम्बन्धले गर्दा लगानी कर्ताहरुको मनोबल बढेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *