पश्चिमी वायुको प्रभाव केहि स्थानमा वर्षा र हिमपातको सम्भावना

मंसिर ८ काठमाडौं ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव केहि स्थानमा वर्षा र हिमपातको सम्भावना
रहेको छ।

आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्यूनचापीय प्रणाली अवस्थित रहेको जनाएको छ।

दिउँसो बागमती प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा दिउँसो हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *