बढ्दो वायु प्रदूषणका कारण पाकिस्तानमा लकडाउन

मंसिर ४ काठमाडौं ।
बढ्दो वायु प्रदूषणका कारण पाकिस्तानमा लकडाउन भएको छ।

प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको भन्दै पाकिस्तानमा लकडाउन गरिएको हो।

बीबीसीको अनुसार हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो।जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको उल्लेख छ।

सामान्यतया १५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ मानिन्छ । त्यस क्षेत्रमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स (एक्यूआई) २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छ।

प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ।

त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *