कात्तिक २९ काठमाडौं।
गणेश हिमाल आधार शिविरमा अलपत्र परेकाहरुको उद्धार आज उद्धार गरिएको छ।
गणेश हिमालको आधार शिविरतर्फ जाँदै गर्दा बीच बाटोमै बिरामी परेर अलपत्र परेका टोलीको तीन सदस्यलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो।
पर्यटन प्रवर्द्धनका लागि भन्दै गणेश हिमाल आधार शिविर जाँदै गर्दा डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य, प्राविधिक सहायक अनुसिया ढुंगानामा श्वासप्रश्वासको समस्या देखिएको थियो।
धादिङ प्रशासनले बुधबारै उद्धारको प्रयास गरे पनि खराब मौसमका कारण सफल हुन सकेको थिएन।उनीहरुको २७ घण्टापछि आज दिउँसो उद्धार भएको हो।
बिरामी परेका सबैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।