कात्तिक २७ काठमाडौं ।
अदालत अवहेलनाको रिट रास्वपाकै नेताहरूविरूद्ध दर्ता हुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै प्रदर्शन गरिरहेका नेताहरू तथा सांसदहरूविरूद्ध सर्वोच्च अदालतमा अदालत अवहेलनाको रिट दर्ता हुने भएको हो।
अधिवक्ता अनुपम भट्टराईले दिएको रिट दर्ताको प्रक्रियामा रहेको बताएका छन्। सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते रास्वपा सभापति लामिछाने पक्राउ परेका थिए।
सभापति लामिछानेलाई पक्राउ परे देखि नै रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा पक्रेको भन्दै सडक प्रदर्शन गरिराखेको छ।
अदालत अवहेलनाको रिटमा रहेका नेताहरु रास्वपा केन्द्रीय पदाधिकारी, बागमती प्रदेश सभापति अच्युतम लामिछाने, सांसदहरू स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोबिता गौतम, मनिष झा, अशोककुमार चौधरी, असिम शाह, गणेश पराजुली, चन्दा कार्की, डोलप्रसाद अर्याल, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार, निशा डाँगी, बिन्दबासिनी कंसकार, बिनिता कठायत र हरि ढकाललाई विपक्षी बनाएर रिट दिन लगेका जानकारि दिएका छन्।