विश्वकै प्रदूषित सहरमा दिल्ली र पञ्जाब

कात्तिक २६ काठमाडौं ।
विश्वकै प्रदूषित सहरमा भारतको नयाँ दिल्ली दिल्ली र पाकिस्तानको पञ्जाब क्रमशः पहिलो र दोस्रो बनेको छ।

हाल एक्यूआइ (इयर क्वालिटी)इन्डेक्सको अनुसार दिल्लीको एक्यूआइ स्तर २७५ पुगेको छ। यो निकै खराबको श्रेणीमा पर्छ।

त्यस्तै पञ्जाबको एक्यूआइ ६१३ पुगेको छ। यसलाई खतराको अवस्था मानिन्छ। तेस्रो श्रेणीमा चीनको बेइजिङ रहेको छ। त्यहाँको एक्यूआइ १९३ रहेको छ।

आइतबार दिल्लीका लगभग सबै क्षेत्रहरूमा वायु प्रदूषणको स्तर ’खराब’ देखि ’अत्यधिक खराब’को श्रेणीमा रहेको भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटले देखाएको छ।

भारतबाहेक पाकिस्तानको पञ्जाब प्रान्तमा हावाको स्तर सबैभन्दा खराब भएको छ। वायु प्रदूषणका कारण पाकिस्तानको पञ्जाबमा सरकारले विद्यालयहरु बन्द गर्न आदेश दिएको छ।

त्यस्तै आज नेपालको काठमाडौंको एक्यूआइ स्तरमा १७ औं स्थानमा छ। यस संगै सबैभन्दा प्रदूषित सहर काठमाडौं बनेको छ। भने काठमाडौंमा हाल एक्यूआइ १२२ रहेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *