चीन र नेपाल सीमा क्षेत्र मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

कात्तिक १४ काठमाडौं ।
चीन र नेपालको सीमा क्षेत्र अर्थात चिन साँग सिमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ।

केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।

कार्यालयको अनुसार अध्यागमन कार्यालयको उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। उक्त कार्यालय सञ्चालनमा आएपछि विशेष गरी भेडा च्याङ्ग्रा आयात निर्यातमा र आवश्यक वस्तु आयात र निर्यात सहज हुनुका साथै नाकामा आवतजावत तथा व्यापारिक कारोबार सजिलो हुने जनाएको छ।

अध्यागमन कार्यालय स्थापना एवम् सञ्चालनमा आएपछि भिसा लगाएर दुवै देशका नागरिक नाका वारपार गर्न सकिने छ। “हाल मुस्ताङवासी मात्र नाका प्रवेश अनुमतिपत्र लिएर आवतजावत गर्ने गरेका छन्।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको अनुसार अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *