काठमाडौं महानगरले तोक्यो तिहार लक्षित फूल बेच्न ४६ स्थान

कात्तिक १३ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले प्लाष्टिकका फूल प्रतिबन्ध लगाउने उद्देश्य सहित तिहार लक्षित फूल बेच्न ४६ स्थान तोकेको छ।

तिहारमा स्वदेशी फूल उत्पादन किसानलाई प्रोत्साहन गर्न फूल बिक्री वितरण केन्द्रको व्यवस्था गरिएको महानगरले जनाएको छ।

महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री गर्न निषेध गरिएको बताएका छन्। फूल बिक्रेता किसानहरूलाई सहज बनाउन मल,मार्ट पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको जानकारी दिएका छन्।

महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूल बिक्री गर्न ४६ स्थान तोकेको छ। यि हुन् फूल बिक्री गर्न तोकेका स्थानहरूः

मेयर साहले आफूलाई पायक पर्ने स्थान छनोट गरी फूल बिक्री गर्न आग्रह समेत गरेका छन्।

१) आरती पार्टी प्यालेस, माछा पोखरी
२) बुद्ध मल, माछा पोखरी
३) बालाजु भाटभटेनी, माछा पोखरी,
४) भ्याली कोल्ड स्टोर, बालाजु
५) सामुदायिक भवन, बालाजु
६) धर्म चक्र पार्क, स्वयम्भू
७) स्वयम्भू मार्ट
८) भाटभटेनी, कलंकी
९) कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०) एस. एन. एस., कलंकी
११) एन. बि. टि. सि., कलंकी
१२) नेपा व्याङ्क्वेट, खुशिँवु
१३) बिग मार्ट, कालधारा, पकनाजोल
१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५) काठमाडौँ मल, सुन्धारा
१६) सिभिल मल, सुन्धारा
१७) सिटिसि मल, सुन्धारा
१८) रञ्जना मल, नयाँ सडक
१९) विग मार्ट कम्प्लेक्स, अनामनगर
२०) एटि कम्प्लेक्स, न्यू प्लाजा
२१) भाटभटेनी, अनामनगर
२२) आइटी प्लाजा, कमलादी
२३) संकटा चोक, टेवहाल
२४) के. एल. टावर, चाबहिल
२५) वि एन्ड एसएम, बौद्ध
२६) भर्गो जापान, शंखमुल
२७) आइप्लेक्स, बानेश्वर
२८) एनबि सेन्टर, नयाँ बानेश्वर
२९) फोनिक्स टावर, बत्तीसपुतली
३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१) बिगमार्ट, शंखमुल
३२) बिबिएसएम, कोटेश्वर
३३) सिफल चौर, सिफल
३४) केटिएम पार्टी प्यालेस,
३५) निराकल कम्प्लेक्स, शंखमुल
३६) एसि कम्प्लेक्स, चाबहिल
३७) भाटभटेनी, कोटेश्वर
३८) भाटभटेनी, नक्साल
३९) विग मार्ग, बालुवाटार
४०) सेल्स बेरी, महाराजगञ्ज
४१) भाटभटेनी, महाराजगञ्ज
४२) कोइराला मार्ट, सामाखुशी
४३) विग मार्ट, सामाखुशी
४४) सिटी सेन्टर, कमलपोखरी
४५) ल्होत्से मल, बालाजु
४६) सासा ब्याङकेट सोह्र खुट्टे

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *