साउन ७ काठमाडौं ।
जनकपुरधामको आन्तरिक राजस्व ६ अर्ब बढी सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०८२,८३ मा रु. ६ अर्ब ६ करोड ७८ लाख ८८ हजार राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय जनकपुरधाप, धनुषाले जनाएको छ ।
आव २०८२,८३ मा सो कार्यालयले अन्तशुल्कतर्फ रु.२ अर्ब ५५ कारेड ७ लाख ३० हजार, आयकरतर्फ रु.२ अर्ब ६ करोड ८२ लाख १ हजार र मूल्य अभिवृद्धि करतर्फ रु.१ अर्ब २८ करोड ४० लाख ९९ हजार राजस्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताले बताएका छन् ।
त्यस्तै ब्याजकर तर्फ रु.७ करोड ७८ लाख ३ हजार, बहालकरतर्फ रु.५ करोड २५ लाख ३७ हजार, स्वास्थ्य जोखिम करतर्फ रु.४ लाख ३१ हजार र अन्यतर्फ ३ करोड ४० लाख ८७ हजार राजस्व सङ्कलन भएको प्रमुख गुप्ताले बताएका छन् ।
आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार विभिन्न अभियान मार्फत पुरानो बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिए पछि लक्ष्यको ८८ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन भएको बताएका छन् ।
