रास्वपा सभापति रवि लामिछनेलाई रिहाको माग गदैं बालुवाटारमा प्रदर्शन

कात्तिक १३ काठमाडौं ।
रवि लामिछानेलाई रिहा गर्न माग गदैं रास्वपाले दबाब स्वरुप बालुवाटारमा प्रदर्शन गरेको छ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते रवि पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो।

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा प्रदर्शनकारीहरू बालुवाटारस्थित निषेधित क्षेत्रभित्र जान खोजेपछि रास्वपाका ५१ जना नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको रास्वपाको आरोप छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *