कात्तिक १२ काठमाडौं ।
आइतबार बेलुका नेपाल र भारतबीच भएको सेमिफाइनल खेल हेर्न दशरथ रंगशालामा १८ हजारभन्दा बढी उपस्थित भएको पाइएको छ।
साफ वुमन्स च्याम्पिनसिप अन्तर्गत नेपाल र भारत बीचको फाईनलखेल हेर्न १८ हजार ९ जना उपस्थित भएका हुन् रंगशालाको क्षमता भने १५ हजार मात्र भए पनि खेल हेर्न दर्शक क्षमताभन्दा बढी भरिभराउ भएको आयोजक टिमले जनाएको छ।
आयोजक टिमका अनुसार नेपाल र भारतबीचको खेल हेर्नेहरु रंगशालाको क्षमताभन्दा बढी थिए। रंगशालाको भीआईपी तथा साधारण सबैतिरका प्याराफिट भरिभराउ थियो।
सिटमा नअटेर मान्छे हिँड्ने ठाउँमा पनि दर्शक उभिएका थिए । सो खेलमा नेपालले भारतलाई ट्राइबेकरमा ४–२ ले हराएर फाइनलमा पुग्न सफल भएको थियो।
आइतबार नै बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै फाइनल प्रवेश गरेको थियो। नेपालले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
फाइनल खेल बुधबार हुनेछ।