कात्तिक ९ काठमाडौं।
असिना पानीले तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो बाली नष्ट गरेको छ।
म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो बाली गत आइतबार साँझ परेको असिनापानीले नष्ट गराएको छ।
स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कन अनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको टोलीले बिहीबार क्षतिको विवरण सार्वजनिक गरेको हो।
असिनापानीले जिल्लाको बेनी–२ ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौर लगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानमा क्षति भएपछि किसान चिन्तित बनेका बेनी–२ का वडाले जनाएको छ।
Post Views: 102