भदौं २३ काठमाडौं।
गायक शिव परियारले वैदेशिक रोजगारीको कथा समेटिएको नयाँ गीत ‘आमा’ ल्याएका छन्।
गायक शिव परियारले दशैं नजिकिंदै जाँदा आम नेपालीको मनोविज्ञान बोकेको आमा नामक गीत सार्वजनिक गरेको बताएका छन्। ‘आफू र परिवारको सुखद् भविष्यको सपनामा विदेशमा श्रम गर्न जान बाध्य सम्पूर्ण नेपालीको घर फर्किएर आमासँग खुसी ल्याएर आउँछु भन्ने सपनाको गीत सार्वजानिक गरेको बताए।
वैदेशिक रोजगारीका कारण चाडबाडमा घर फर्किन नपाएको भावको गीतमा अभि सुनारको शब्द तथा संगीत छ। गीतलाई पूर्ण संयोग र सञ्जीव बराइलीले एरेन्ज गरेका छन्।
पर्ख है दुई चार साल मै फर्की आउँछु
साहूको ऋण तिरेर घरको धुरी टालेर
त्यो मुहारमा खुसी ल्याउँछु
जस्ता मार्मिक शब्द समेटिएर गीत तयार गरिएको छ।
Post Views: 30