फैलियो डेंगु सचेतना अपनाउन आग्रह

जेठ ११ काठमाडौँ ।
मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि देशैभर डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको पछि सचेतना अपनाउन आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र घर वरपर खाल्ड खुल्डीमा जमेर बस्ने पानीका कारण लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढ्न थाले पछि सचेत रहन अनुरोध गरेका छन्।

डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ। ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु लाग्दछ।

डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन्। लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *