किन्यो एप्पलले फिल्म ‘तेन्जिङ’को विश्वव्यापी अधिकार

जेठ २ काठमाडौँ ।
कान्स फिल्म मार्केटमा एप्पलले फिल्म खरिद सम्झौता गरेको छ। पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणबारे निर्माण भएको फिल्म ‘तेन्जिङ’को विश्वव्यापी अधिकार एप्पलले किनेको हो।

शेर्पा र न्युजिल्याण्डका एड्मण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। उक्त आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए। फिल्ममा हिडल्स्टनले हिलारी र डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको भूमिकामा रहनेछन्।

विश्वचर्चित हलिउड फिल्म ‘लायन’का लेखक ल्युक डेभिसको पटकथा रहने फिल्मको कार्यकारी निर्मातामा तेन्जिङका छोरा नोर्बु रहनेछन्। फिल्मको छायांकन सन् २०२५ मा हुने बताइएको छ।

मुख्य पात्र तेन्जिङको भूमिकाका लागि अहिले विश्वव्यापी अडिसन चलिरहेको छ। फिल्मको निर्देशन जेनिफर पिडमले गर्न लागेकी हुन्। विलियम डफोई र टम हिडल्स्टन स्टारर फिल्म ओस्कार विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गर्दैछ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *