टी–२० विश्वकपका लागि १७ वटा देशले टोली घोषणा गरे

बैशाख ३१ काठमाण्डौ।
आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म १७ वटा देशले टोली घोषणा गरेका छन्।
आउँदो जुन १ देखि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौँ संस्करणको प्रतियोगिताका लागि अहिलेसम्म १७ वटा देशले टोली घोषणा गरेका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जानकारी दिएको छ।

न्युजिल्यान्डले केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। यस्तै नेपालले रोहितकुमार पौडेल, भारतले रोहित शर्मा, पूर्वविजेता इङ्ग्ल्यान्डले जोस बटलर, दक्षिण अफ्रिकाले एडन मार्करमको कप्तानीमा टोली घोषणा गरेको छ। टी–२० विश्वकपका लागि सबैभन्दा पहिला न्युजिल्यान्डले टोली घोषणा गरेको थियो।

यसैगरी अफगानिस्तानले राशिद खान, अस्ट्रेलियाले मिचेल मार्श, क्यानडाले साद बिन जफर, ओमानले अकिब इलियास, स्कटल्यान्डले रिची बेरिङटन, युगान्डाले ब्रेन मसाबा, अमेरिकाले मोनान्क पटेल र वेस्ट इन्डिजले रवमान पावेलको कप्तानीमा टोली घोषणा गरेको छ। यस्तै आयरल्यान्डले पल स्टर्लिङ, नामिबियाले गेरहार्ड इरास्मस, श्रीलङ्काले वानिन्दु हसरङ्गा र पपुवा न्यु गिनी (पीएनजी) ले असाद भालाको कप्तानीमा टोली घोषणा गरेको छ।

२० वटा देश सहभागी हुने प्रतियोगिताका लागि अब पाकिस्तान, बङ्ग्लादेश र नेदरल्यान्ड्सले टोली घोषणा गर्न बाँकी छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *