वायु प्रदूषण बाट सावधानी अपनाउन मन्त्रालयको आग्रह

वैशाख २१ काठमाडौँ ।
डढेलो तथा आगलागीका घटनाहरू बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यस बाट जोगिन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आग्रह गरेको छ।

वायु प्रदूषणले विशेष गरी वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी, साथै गर्भावस्थाका महिला बढी प्रभावित हुने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको हो। साथै वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने गर्दछन्।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्र बाट प्राप्त तथ्याङ्कले नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको देखाएको छ। बढ्दो तापमान, कम सापेक्षित आद्रता र सुक्खा मौसमजस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारणले प्रदूषित धुवाँ धुलोबाट वायु प्रदूषण हुने गरेको पाइएको छ।

हाल देशका अधिकांश भूभागमा डढेलो तथा आगलागीका घटना बढिरहेको तथा डढेलोको कारणले जनधनको क्षतिका विवरण प्राप्त भइरहेका विभागले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *