वैशाख १७ काठमाडौं ।
काठमाडौंको सडक किनाराका झ्याम्म हाँगा फिंजिएका रूखभरि वैजनी फूल जाकाराण्डाले ढाकीएको छ। यो देख्दा शहर निकै रमाइलो देखिएको छ।
रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा एउटा वैजनी र अर्के पहेको फूल फुलेको देखिन्छ।
फुल्दै आएको यो फूलको नाम जाकाराण्डा हो। कमलपोखरी, दरबारमार्ग, रत्नपार्क, घण्टाघर, सिंहदरबार, शहीदगेट र टुँडिखेल वरपरका सडक छेउमा जाकाराण्डा ढपक्कै ढाकिएको देखिन्छ।
जाकाराण्डाको फूलमा भुल्ने चराहरु र फूललाई पृष्ठभूमि पारेर फोटो भिडियो खिच्ने उतिकै भेटिन्छजन्।