बैशाख ८ काठमाडौं ।
नक्सालस्थित बाल आश्रमका बालबालिकाको लागि नयाँ शैक्षिक सत्र सुरु भएसँगै संगीत अनुसन्धान तथा विकास मंचले संगीत अध्ययनको कक्षा थालेको छ।
बालबालिकाले गिटार, मादल, किबोर्डजस्ता वाद्यवादन र गायन कला सिकिरहेका छन्। अहिले आश्रित २० जना बालबालिकाले निःशुल्क संगीत सिकिरहेको संस्थाका अध्यक्ष तथा गायक, संगीतकार ओम सुनारले बताए।
साताको एक दिन संस्थाका पदाधिकारीले संगीत सिकाइरहेका छन्। अघिल्लो वर्ष पनि संस्थाले बाल आश्रमका विद्यार्थीलाई निःशुल्क संगीत सिकाएको थियो।