राप्रपालाई आन्दोलनमा भएको क्षतिको जरिवाना तिन महानगरको पत्र

वैशाख ७ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जरिवाना तिर्न पत्र पठाएको छ। आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको दाबी गर्दै जरिवाना तिर्न पत्र पठाएको हो।

जसमा ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले मर्मत गर्न लाग्ने शुल्क २२२ रुपैयाँ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार जरिवाना तिराउने निर्णय भएको भन्दै महानगरले पत्र पठाएको छ।

महानगरका अनुसार शुक्रबार राप्रपाको कार्यालय धुम्बाराहीमा पत्र पठाइएको हो।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *