काठमाडौं ७ फागुन ।
पपआ न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ५३ जनाको हत्या भएको छ। अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार सबैको गोली हानेर हत्या भएको हो।
दक्षिण प्रशान्त द्वीप राष्ट्र पपुआ न्यू गिनीमा सुरक्षा व्यवस्था चुनौतीको विषय बन्ने गरेको छ। गत जनवरी महिनामा पनि त्यहाँ १६ जनाको हत्या भएको थियो। उक्त घटनापछि देशमा आपतकाल घोषणा गरिएको थियो भने केही सरकारी सुरक्षा अधिकृतहरु निलम्बनमा परेका थिए।
बीबीसीले भने राष्ट्रिय प्रहरी प्रवक्ताले एंगा प्रान्तमा गोली हानेर मानिसहरुको हत्या भएको पुष्टि गरेको जनाएको छ। यसैगरी एबीसीले शवहरु प्रहरीको ट्रकमा राखेर ओसारिएको फोटो सार्वजनिक भएको जनाएको छ।
Post Views: 20