त्रिवि क्रिकेट मैदानमा क्रिकेट क्रेज (तस्वीरहरू)

काठमाडौं ५ फागुन ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र नेदरल्याण्ड्ससँगको खेल हेर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दर्शकहरु ठूलो संख्यामा उपस्थिति भएका छन् । शनिबार बिदाको दिन भएकाले पनि दर्शक बढेका छन् ।

 

 

कतिपय दर्शक नेपाली क्रिकेट टिमको जर्सी लगाएर र राष्ट्रिय झण्डा बोकेर नै मैदानमा पुगेका छन् । खेलमा नेपालले सुरुदेखि नै नेदरल्याण्ड्सलाई दबाबमा राखेकाले पनि दर्शकहरु उत्साहित छन् ।

 

 

 

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नेपालले बलियो टोली नेदरल्याण्ड्समाथि ९ विकेटको सहज जित निकालेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेको एशोसिएसट टिम नेदरल्याण्ड्सलाई १३७ रनमै अल आउट गरेको घरेलु टोली नेपालले मात्र १५.२ ओभरमा एक विकेट गुमाएर १३८ रनको लक्ष्य भेट्टायो।

 

शनिबार नेपालले जसरी अपेक्षाभन्दा निकै सहजसँग नेदरल्याण्ड्सलाई हरायो, बिहीबार यसरी नै अनपेक्षित रुपमा नेपाली टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

 

नेपाल र नेदरल्याण्ड्सबीचको खेल र समर्थकहरुको उत्साह तस्वीरमा हेर्नुहोस् ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *