ललितपुर बालकुमारी घटनाबारे छलफल गर्न संसदीय समितिले बोलायो गृहमन्त्री

काठमाडौं, १४ पुस ।
शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएका तर फेल भएका युवाहरुले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले गोली लागेर दुई युवकको मृत्यु भएको थियो।

उक्त घटनाका सम्बन्धमा छलफल गर्न प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएको छ ।

समिति सचिव सुरजकुमार दुराका अनुसार बैठक सोमबार बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । उक्त बैठकमा गृहमन्त्री श्रेष्ठ र तीनवटै सुरक्षा निकायका प्रमुखलाई छलफलमा बोलाइएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *