काठमाडौं, वैशाख २६
मंगलबार खुमलटार हाइटस्थित एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा नेपाल प्रहरीले छापा मारेको छ।नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगीमा अनुसन्धानका लागि भन्दै सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
यस घटनामा हालसम्म रायमाझीका छोरा सन्दीपसहित, पूर्वगृहसचिव हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन्।
पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत रायमाझी पक्राउ परेका छैनन् । रायमाझीको घरमा उनको सवारी साधन भेटिएको छ तर मान्छे नभेटिएको प्रहरीले जनाएको छ ।
Post Views: 27