काठमाडौं, चैत २४
पूर्वसांसद नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज देवशंकर पौडेल द्धारा संकलित पुख्र्यौली, इतिहासहरुको सँगालोलाई पुस्तकका रुपमा प्रकाशन गरिएको हो । रामेछापका गाउँबस्तीहरुमा पुस्तौंदेखि चल्दै आएका रीतिरिवाज र सुनिँदै भनिँदै आएका प्राचीन कहानी, वृतान्तहरुलाई समेटेर पहिलो पटक पुस्तकको रुप प्रकाशित गरिएको छ ।
रामेछाप जिल्लाका ६५ वटै वडाका प्रायः सबै टोल र बस्तीहरुमा पुग्ने एक मात्र नेताका रुपमा चिनिने पौडेल । राजनीतिक जीवनको अधिकांश समय गाउँघरमा बिताएका छन् । पौडेलले पुराना कुराहरु खोज, अनुसन्धानबाट प्राप्त भएका ऐतिहासिक जानकारीहरुलाई संकलन गरेर पुस्तकका रुपमा तयार पारेका हुन्।
‘थातथलाका कथाहरु’ नाम दिइएको पुस्तकको २०७९÷१२÷२४ गते शुक्रबार नेकपा एकिकृत समाजवादिका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सार्वजनिक गर्दै । परापूर्वकाल देखि चल्दै आएको प्रचलन र ईतिहासहरुलाई समेटेर लेखिएको पुस्तक बाट भावी पुस्तालाई जानकारी दिन यस्ता संकलन ऐतिहासिक दस्तावेज हुने बताए ।
रामेछाप जिल्लाभित्रका विभिन्न ठाउँहरुको नाम कसरी रहन गयो भन्ने जानकारी बढी समेटिएको सो पुस्तक नेपाल एक्सप्लोर्स मिडिया प्रालिले प्रकाशन गरेको छ ।