०३,भाद्र काठमाडौं । नेपाली काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक बन्दै गएको छ । गिरिको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको छ ।
ननेपाली कांग्रेस वैचारिक अभियानले पनि शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्यलाभको कामना गरेको हो । कार्यक्रममा उपस्थित वक्ताहरुले गिरी नेपाली कांग्रेसको राजनीतिसँगै बैकल्पिक राजनीतिको नवनिर्माणको ओकालत पनि गर्ने बताएको थिए । योसँगै समय समयमा विचारोत्तेजक लेख लेख्ने गर्दै आएको पनि कार्यक्रममा बताए ।
गिरिको साउन दोस्रो सातादेखि उपचार हुँदै आएपनि अवस्था सुधार हुन सकेको छैन् । गिरि घाँटीको क्यान्सरबाट पीडित छन् । साथै उनमा निमोनिया पनि देखिएको अस्पताल स्रोतले जनाएको छ। गिरिको उपचारमा मेडिसिटीका डाक्टर पंकज वर्मनसहितको टीम खटिँदै आएको छ ।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि स्वास्थ्य लाभको कामना गर्न थालिएको छ ।