१९, साउन काठमाडौं । सुनको मूल्य बिहीबार बृद्धि भएको छ। अघिल्लो दिनको भन्दा तोलामा सुन ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुन प्रतितोला ९६ हजार एकसय रुपैयाँ रहेकोे छ। चाँदीको मूल्य प्रतितोला एक हजार एकसय १० रुपैयाँमा स्थिर छ। बुधबार तोलामा १० रुपैयाँ घटेको चाँदीको मूल्यमा बिहीबार कुनै फेरबदल भएन।
Post Views: 11