२८ काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रहेका विकृति, विसङ्गति र शैक्षिक अपराधिकरण बढेको भन्दै १४ बुँदै मागसहित एकीकृत समाजवादी निकट अनेरास्ववीयूका विद्यार्थीहरुले आमरण अनसन सुरु गरेका छन् । उनीहरुले त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यलय अगाडि अनसन सुरु गरेका हुन ।
१४ बुँदे मागमा विदार्थीबाट चर्को शुल्क असुल्ने कार्य गर्ने रोक्नुपर्ने, स्ववीयू निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने, सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने लगायतको माग गरेका छन् ।
अनेरास्ववीयू अध्यक्ष सुदेश पराजुलीले माग पूरा नभएसम्म अनसन जारी राख्ने बताए । उनले भने जबसम्म हाम्रो माग पुरा हुँदैन तबसम्म अनसन नतोडिने बताए ।