नेपालमा मूल्य वृद्धि बाध्यात्मक अवस्था:उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडू

८, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउनुभएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे बुधबार राष्ट्रियसभा बैठकलाई जानकारी गराउदै बडूले प्रशोधित पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिररहेकाले नेपालमा पनि मूल्यबृद्धि गर्नुपरेको बताउनुभयो । निगमलाई जेठ समान्तसम्म करिब रु ५० अर्ब घाटा हुन गएको र इन्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने रु २२ अर्ब बक्यौता रहेको उहाले जानकारी दिनुभयो । उहाँले निगमको प्रचलित कानुन, नीति तथा पेट्रोलिम पदार्थको बिक्री सम्बन्धि विद्यमान नियमावली अनुरुप नै बिक्री वितरण गरिएको पनि स्पष्ट पार्नुभयो । कसैलाई नाफा हुने नियतले नभइ कानुन र नीतिगत रुपमा नै मूल्य निर्धारण गरी बिक्री गरिएको उहाको भनाई छ ।

मन्त्री बडूले नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति प्रणाली सहज, व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनका लागि अध्ययन गर्न उच्चस्तरीय अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको बताउनुभयो ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *